Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

सिलगढी, डोटी


जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको गृह प्रशासन अन्तरगत जिल्लास्थित मुख्य प्रशासनिक निकाय हो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप सञ्चालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू भै उक्त ऐनको दफा ५ ले जिल्लाको सfमान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार डोटी जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ डोटी जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यो कार्यालय दिपायल सिलगढी नगरपालिकाको वडा नं. ६, सिलगढीमा अवस्थित छ ।

मूलतः यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली, 2074 ले निर्दिष्ट गरेका गृह प्रशासनका अधिकारक्षेत्र भित्र रहेर काम गर्दै आएको छ । जसमा संघ, प्रदेश र स्थानीय तहहरूबीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता र राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाकलापहरूको नियन्त्रण, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरू सम्पादन गर्दै आएको छ ।

कार्यालयको पूर्व इतिहास केलाउँदा १३ औँ शताव्दीतिर निरञ्जन मल्लद्धारा स्थापित डोटी राज्य वि.सं. १८४६ मा गोर्खाली फौजबाट पराजित हुनु पूर्वसम्म शक्तिशाली राज्यको रुपमा रहेको देखिन्छ । गार्खाली फौजसँगको पराजय पश्चात् नेपाल राज्यमा मिसिन पुगेको केन्द्रबाट प्रशासित हुँदा समेत यस क्षेत्रको मूख्य प्रशासनिक केन्द्रका रुपमा २००७ साल पूर्वसम्म राणाकालीन समयमा पश्चिम कमाण्डिङ जर्नेलद्धारा प्रशासित र २००७ सालपछि मुलुकमा आन्तरिक व्यवस्था सञ्चालनका लागि पहिलो पटक केन्द्रमा गृह मन्त्रालय मातहत गौडा/गोश्वारा र मूख्य प्रशासकीय अधिकारीको रुपमा बडाहाकिमको व्यवस्था भए बमोजिम डोटी गौँडाको रुपमा परिवर्तित भई परिवर्तित भूमिका अनुरुप कार्यसम्पादन हुँदै आएको थियो ।

२०१७ सालको परिवर्तन र २०१८ सालमा मुलुकलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपश्चात् डोटी सेती अञ्चलको छुट्टै जिल्लाको रुपमा रहेको र जिल्ला पञ्चायत कार्यालयको नामबाट सेवा प्रवाह गरेको पाइन्छ । जुन समयदेखि मुख्य प्रशासनिक अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था भै हालसम्म पनि कायम छ । २०३७ सालमा जिल्ला कार्यालय र २०४८ सालपछि जिल्ला प्रशासन कार्यालयको नामबाट जिल्लाको सामान्य प्रशासन सञ्चालन गरी आएको छ ।

स्वतन्त्र डोटी राज्य हुँदाको अवस्था देखि पश्चिम कमाण्डिङ जनरलको कार्यालय/तल्लो ढोकाको नामले समेत चिनिने गरेको र डोटी गौँडा हुँदै हाल जिल्ला प्रशासन कार्यालयको रुपमा जिल्लाको प्रमुख प्रशासनिक नेतृत्वदायी भूमिकामा रहेको यस कार्यालयले ऐतिहासिक महत्व बोकेको छ । यसको क्षेत्र मूख्य प्रशासनिक भूमिकामा सधैँ आफूलाई अग्रणी सावित गरेको यस कार्यालयले ऐतिहासिक महत्व/गरिमा कायम राख्दै आज पनि आम जनतालाई चुस्त दुरुस्त ढंगले सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय, डोटीको उद्देश्यः

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन् ।

कार्यालयको काम, कर्तव्य र अधिकारः

      यस जिल्ला प्रशासन कार्यालय, डोटीका काम, कर्तव्य र अधिकारहरू निम्न रहेका छन्:

  • जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने ।
  • गुनासो वा ठाडो उजुरी सुन्ने, आवश्यक कारवाही गर्ने वा सन्बन्धित निकायमा कारवाहीका लागि शिफारिस गरी पठाउने ।
  • जिल्लामा प्रहरी प्रशासनको रेखदेख र नियन्त्रण गर्ने ।
  • अनुचित नाफाखोरी, दैनिक उपभोग्य सामाग्रीको संचय गरी कृत्रिम अभाव सृजना गर्ने लगायतका गैर कानूनी कार्य हुन नदिन नियमित बजार अनुगमन गर्ने, वस्तु तथा सेवाको आपूर्ति सहज तुल्याउने ।
  • जिल्लास्थित कार्यालयहरुको समन्वय तथा अनुगमन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने ।
  • नागरिकहरुलाई सरल, सुलभ तथा व्यवस्थित रुपमा नागरिकता वितरण गर्ने, राहदानी सिफारीस तथा वितरण गर्ने ।
  • विवाहदर्ता सम्बन्धी काम गर्ने विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि दिने, नावालक परिचय पत्र तथा त्यसको प्रतिलिपि जारी गर्ने ।
  • साविकमा जारी भएका नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि उपलव्ध गराउने, नाम, थर, उमेर फरक परेको सिफारीस गर्ने ।
  • तोकिए बमोजिम आदिवासी जनजाती, दलित, द्धन्द पीडित आदि प्रमाणित गर्ने ।
  • हातहतियार, खरखजानाको नियमन तथा नियन्त्रण, विस्फोटक पदार्थको नियन्त्रण गर्ने, हात हतियार नवीकरण तथा इजाजत पत्रको प्रतिलिपि उपलव्ध गराउने ।
  • संस्था दर्ता/नवीकरण, संस्थाको विधान संसोधन, जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृती, पत्रपत्रिका दर्ता, छापाखाना सञ्चालन स्वीकृती आदिसम्बन्धी कार्य गर्ने ।
  • अर्धन्यायिक निकायको हैसियतले न्यायसम्पादनको कार्य गर्ने, विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • अन्य निकायलाई नतोकिएका कार्यहरु गर्ने ।

कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरणः

      यस कार्यालयलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यवस्था गर्ने कानूनी प्रावधान रहेको छ। हाल कार्यालयमा कूल २७ स्वीकृत दरबन्दीमध्ये जम्मा 18 जना कर्मचारीहरू कार्यरत छन् ।

     

क्र.सं.

पद

तह/श्रेणी

कायम दरबन्दी

पूर्ति

रिक्त

करारमा पूर्ती

कार्यविवरण

कैफियत

१.

प्रमुख जिल्ला अधिकारी

रा.प.प्रथम

-

-

जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रहि सामान्य प्रशासन सञ्चालन गर्ने ।

 

2.

सहायक प्रमुख जिल्ला अधिकारी

रा.प.द्वितीय

1

0

1

-

प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने ।

 

3.

प्रशासकीय अधिकृत

रा.प.तृतीय

2

1

1

-

प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने ।

 

4.

नायव सुब्बा

रा.प.अनं. प्रथम

7

2

5

-

फाँट प्रमुख भई सम्बन्धित फाँटले गर्ने काम सम्पादन गर्ने ।

1 काजमा बाहिर

5.

लेखापाल

रा.प.अनं. प्रथम

-

-

नियमानुसार लेखासम्बन्धी स्रेस्ता राख्ने, लेखापरीक्षण गराउने ।

 

6.

कम्प्युटर अपरेटर

रा.प.अनं. प्रथम

2

1

-

1

दैनिक कारोबारको प्रविष्टि गर्ने ।

 

7.

खरिदार

रा.प.अनं. द्वितीय

4

2

2

-

सम्बन्धित फाँट प्रमुखको मातहतमा रहि तोकिएको कार्य सम्पादन गर्ने ।

 

8.

हल्का सवारी चालक

श्रेणी विहिन

2

0

1

1

सवारी साधन चलाउने ।

 

9.

कार्यालय सहयोगी

श्रेणी विहिन

7

 

सरसफाई, चिठीपत्र आदानप्रदान लगायतका कार्यहरू गर्ने ।

रिक्त स.प्र.जि.अ. भान्से ।

जम्मा

27

9

11

7

 

 

 

 


मिति कार्यालयको परिचय विवरण फाईलहरु एक्सन
2076-11-20 टेकनारायण पौडेल
3 महिना अगाडी