Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

एकिकृत घुम्ती शिविर कार्यक्रम सफलतापुर्वक सम्पन्न ।

2075-12-25

2075-12-25


 

यस जिल्ला प्रशासन कार्यालय, डोटीको आयोजना तथा आदर्श गाउँपालिकाको सहयोगमा मिति २०७५/१२/१९ देखि २०७५/१२/२१ सम्म आदर्श गाउँपालिकाको मौवा नगरदहमा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माको नेतृत्वमा चलेको उक्त शिविरमा महिला ४२६ जना, पुरुष १७६ जना र अन्य १ जना गरी कूल ६०३ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा ६२४ जनाले फोटो सहितको मतदाता नामावली, ९३४ जनाले कृषि सेवा, ४४८ जनाले पशु सेवा तथा ३६८ जनाले स्‍वास्थ्य सेवा लिएका थिए । तीन दिनसम्म चलेको उक्त शिविर कार्यक्रमको पूर्वार्द्धमा आयोजित एक औपचारिक कार्यक्रमवीच बोल्दै प्रमुख जिल्ला अधिकारी श्री यादव सुवेदी ज्यूले शिविरको उद्देश्य र प्रदान गरिने सेवाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

 

 

पछिल्लो अपडेट गरिएको : 2078-08-15 16:14:38

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी

Powered By: ProActive Developers