Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Saturday, Ashoj 17, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

About us

डोटी  जिल्लाको परिचय:-

   

प्रसिद्ध ऐतिहासिक गौडाको रुपमा रहेको डोटी जिल्ला सुदूरपश्चिम प्रदेशमा अवस्थित तथा साविकको सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम पनि थियो। यातायातको दृष्टिले डोटी सुगम मानिए तापनि दुर्गम पहाडी जिल्ला हो, जहाँ गरीबी, अशिक्षा व्याप्त छ । रोजगारीका लागि थुप्रै मानिसहरू प्रत्येक वर्ष भारतका बिभिन्न शहरमा जाने गर्छन । कृषि नै मूख्य पेशा भएका यहाँका स्थानिय बासिन्दाहरूलाई आफ्नो उत्पादनले ५/६ महिना भन्दा बढी खान नपुग्ने बताईन्छ । लैङ्गिक हिसावले महिलाको अवस्था नाजुक छ । पोषणयुक्त खानाको अभाव, शिक्षाको कमी, बेरोजगारी, अन्धविश्वास र रुढीवाढी, दलित गैर दलितबीच विद्यमान जातीय विभेद, असमझदारी, विकासमा पछौटेपन आदि जिल्लाका प्रमुख समस्याका रुपमा रहेका छन् ।

डोटी जिल्ला क्षेत्रफलको हिसाबले २०२५ वर्ग किलोमिटर रहेको छ । जिल्ला विश्व मानचित्रमा २८० २२, दखि २९० ५, उत्तरी अक्षांश र ८००३०, देखि ८१० १८, पूर्वी देशान्तरको वीचमा यो जिल्ला रहेको छ । यस जिल्लाको पूर्वमा अछाम र वाजुरा, पश्चिममा डडेल्धुरा, उत्तरमा वझाङ र वैतडी तथा दक्षिणमा कैलाली जिल्ला रहेको छ ।

यो जिल्ला भूकम्प, वाढी, आगलागी, पहिरो, चट्याङ्ग,  जंगली जनावरको आतङ्क र सडक दुर्घटना जस्ता प्रकोपबाट उच्च संकटासन्न अवस्थामा रहेको छ । खास गरी वाढी र पहिरो जस्ता जलवायूजन्य प्रकोपको उच्च जोखिममा वर्षेनी रहदै आएको छ । यस प्रकारका प्रकोपजन्य घटनाका कारण गरिवीलाई झनै वढावा दिने मात्र होइन वातावरण सन्तुलन समेत खलवलिएको महशुस गरिएको छ । वाढी, पहिरो, आगलागी जस्ता प्रकोपका घटनाबाट वर्षेनी हजारौ मानिसले विनासको दुखःद नियति भोग्नु परेको छ । तसर्थ प्राकृतिक श्रोत साधनको वैज्ञानिक एवं समुचित उपयोग र दीगो व्यवस्थापन गरी प्राकृतिक तथा मानवीय सम्पत्तिको संरक्षण गरी संभावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी र प्रभावकारी प्रतिकार्य (Response) का लागि समय मै योजनावद्ध ढंगले लाग्न जरुरी छ । प्रकोप न्यूनीकरण गर्न र प्रकोप पछि शीघ्र पुनर्लाभका लागि विशुद्ध मानवीय सहायताको खाँचो हुने हँदा समवद्ध सवै सरोकारवालाहरूको एकीकृत पहल र प्रयासबाट मात्र अपेक्षित उपलव्धि हासिल हुने भएकोले सो को लागि यो प्रतिकार्य योजना तयार गरिएको छ ।

यस जिल्लाको अधिकांश क्षेत्रहरू प्रकोपको हिसावले पहिरोको जोखिममा रहेको छ । कमजोर भू-बनौट, अनियोजित भू-उपयोग, वनजंङ्गल फडानी, वन विनास, भिरालो क्षेत्रमा ढुंगाहरू झिक्ने जस्ता विभिन्न कारणले पहिरोबाट यस क्षेत्रका बासिन्दाहरू जोखिमपूर्ण जीवन बांचिरहेका छन् । प्राकृतिक कारणबाट पहिरो हुने गरे पनि अचेतना तथा मानवीय क्रियाकलापले विभिन्न खाले खतरा र जोखिम बृद्धि भइरहेको छ । प्रकोपबाट समाजमा बस्ने मानिसहरू पूर्ण रुपमा सुरक्षित छैनन् । सबै खाले प्रकोपलाई विश्लेषण गर्ने हो भने यसबाट सबैभन्दा बढी प्रभावित बालबालिका, महिला,  गरिब,  दलित, अपाङ्गता नै छन् । प्रकोप एउटा अचानक हुने विपत्तिपूर्ण अवस्था हो । यो कतिवेला हुन्छ अनुमान गर्न सकिदैन, त्यसैले यसको सही व्यवस्थापन हाम्रो लागि चुनौतीपूर्ण छ । तर पनि यसको व्यवस्थापन प्रभावकारी रुपमा गर्न सकिए मानवीय,  भौतिक र आर्थिक क्षतिलाई घटाउन वा न्यूनीकरण गर्न मद्दत पुग्दछ।               

क्षेत्रफल:      २०२५ वर्ग कि. मि

होचो सतह:     ३३५ मि. कानाचौर, सेती नदीको किनार

अग्लो भाग:    ३२९५ मि. खप्तड ईलाका 

मूख्य नदी:     सेतीनदी

सहायक नदी:   ठूलीगाड, सानीगाड, कालागाड, समूहगाड, साईलीगाड, गोल्मागाड, ठूलाखोला, गोद्रेगाड,  द्धवारीगाड, टुनागाड, कापडीगाड, लुवाखाडी गाड,

मुख्य सडक: डा. के आई सिं राजमार्ग (स्याउले देखि सिलगढी) सिलगढी देखि चौखुटै (पहलमानसिह स्वार मार्ग)

सहायक सडक (कच्ची सडक):

राजपुर देखी चवाराचौतारा, दिपायल-मेल्लेख-पातीहाल्ने, राजपुर-भूमिराजमाण्डौ, दिपायल-कपल्लेकी-गडसेरा, तल्कोट-मुडभरा- तिजाली, वनलेख-उच्चाकोट, वुडर-जोरायल, सहजपुर-विपिनगर-अत्तरकाडा, सिलगढी-वगलेख-झिग्राना, शान्तिनगर-नारिदाङ्ग

 

लेक:                  खप्तड, साकार, केदार,

वनजंङ्गल:      ५९१०१ हेक्टर क्षेत्रफल      

गौचरन:        ७१११ हेक्टर

सिंचित क्षेत्र:    ७७३८ हेक्टर

सिमसार क्षेत्र:   १४९०९ हेक्टर

कृषि क्षेत्र:      ४४८१२ हेक्टर

अन्य क्षेत्र:     ४६८४ हेक्टर

 

वनस्पति:

साल, सल्ला, सिसौ, उत्तिस, कटुज, सिमल, टुडी, साज, बाज, बास र निगालो जस्ता बोट विरुवा पाईन्छन् भने चिराइतो, दालचिनी, टिमुर, बोझो, सुगन्धवाल, अमला, रिठ्ठा, तेजपात, पाषाणबेद, शिलाजित, सुनझाडी, भार्लाङ, कुरिलो, चुत्रा, जटामसी, सुनगाभा, कचुर, असुरो, हर्रो, बर्रो, कुकुरडाइनो तितेपाती जस्ता जडीवुटी पाइन्छन ।

वन्यजन्तु तथा पशुपक्षी:  बाघ, भालु, दुम्सी, स्याल, बाँदर, ढेडुबादर, बँंदेल, चितल, जरायो, घोरड जस्ता जंङ्गली जनावरहरू र डाँफे, मुनाल, चाखुरा, कालिज, ढुकुर, मयूर आदि ।

नदीनालाले ओगटेको क्षेत्रफल:   ३०७११ हेक्टर

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल:

सिलगढीको शैलेश्वरी मन्दिर र राधाकृष्ण मन्दिर, माहादेवस्थान देहिमाण्डौको भगवती मन्दिर, दिपायलको कोट भैरब र दिल्पेश्वर मन्दिर, मुडेगाउको भागेश्वर र सालमुनी मन्दिर, डौडको अद्धाला, पशुपति मन्दिर मुडभरा, मालिका मन्दिर काडामाण्डौ, तथा पुराना  दरवारहरू आदि । खप्तड राष्ट्रिय निकुन्जमा त्रिवेणी, नागढुङ्गा, खप्तड दह,  सहश्र लिङ्ग, केदार ढुङ्गा, दाउत्रे, डांफेकोट, खप्तडबाबा आश्रम र ठूलाठूला पाटनहरू ।

मूख्य मूख्य चाडपर्व:

गौरापर्व,  भुवापर्व,  दशै,  तिहार,  होली,  तीज,  विसु,  माघीपर्व,  ओल्के,  गाईजात्रा, डोलजात्रा, ईन्द्र जात्रा,  शिवरात्री लगायत बिभिन्न मठ मन्दिरमा लाग्ने जात्राहरू (शैलेश्वरी जाँत, देहीजात, केदारआखडा जात, गगनान मेला, अस्द्वाला मेला, खप्तड मेला आदि।

जलवायु:     औसत वार्षिक वर्षा १३४७ मि.मि. तथा लेकाली तथा अर्धउष्ण हावापानी ।

 

१.३ डोटी जिल्लाको पालिकागत जनसांख्यिक विवरण

क्र.स.नगरपालिका र गाउँपालिकाको नामघरधुरी संख्यामहिलापुरुषजम्मा जनसंख्यावार्षिक जनसंख्या बृद्धिद (%)साक्षरता दर (%)
१दिपायल सिलगढी नगरपालिका८३८५१८४९९१५४६९३३९६८०.२९७३.३१
२शिखर नगरपालिका७०१६१७०८७१३३१२३०३९९-०.४३६९.००
३के. आई. सिंह गाउँपालिका४६८०११७४६८९९०२०७३६-०.०८६९.४८
४वोगटान फुड्सिल गाउँपालिका३१६२८२८१७२५९१५५४०-१.३६७०.४१
५बडीकेदार गाउँपालिका२९०५७५२५७३७७१४९०२-१.१०७६.११
६आदर्श गाउँपालिका५३१७१४०९५१०४००२४४९५०.२२६७.०२
७पूर्वीचौकी गाउँपालिका५१४८१२२५६९२३८२१४९४-०.४३६७.८९
८सायल गाउँपालिका४२०७११२५०९२०६२०४५६०.४३६२.०७
९जोरायल गाउँपालिका४३२०१००७०९७१८१९७८८-०.४९७७.७८
१०संस्थागत४२४१८२६३५३०५३ ९९.४४
 जम्मा (डोटी)४५१८२१११२२७९३६०४२०४८३१-०.३२७०.७४

श्रोतः राष्ट्रिय जनगणना २०७८ (तथ्याङ्क कार्यालय, डोटी)

 

 


Staff Detail
2081-04-06

Last Updated : 2083-06-14 10:57:01

© All Rights Reserved to District Administration Office, Doti