Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Wednesday, Shravan 06, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of Doti District

डोटी जिल्लाको परिचयः

भौगोलिक अवस्थाः

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । यो जिल्ला 28.52° उत्तरी अक्षांशदेखि 29.28° उत्तरी अक्षांशसम्म तथा 80.30° पूर्वी देशान्तरदेखि, 81.14° पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ७,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ७,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।

समुद्र सतहदेखि 335 मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने 3,295 मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा 44.30°C देखि न्यूनतम तामपक्रम 0.2°C खप्तड क्षेत्रमा हुने गर्दछ ।

चित्रः डोटी जिल्लाको नक्सा

     

 2068 को जनगणनाअनुसार यहाँ 2,11,746 मानिसहरू बसोबास गर्दछन्, जसअनुसार यहाँको जनघनत्व 100 प्रति वर्ग किलोमिटर हुन आउँछ । यहाँका 71.42% मानिसहरू कृषि पेशामा आवद्ध छन् जहाँ औषत वार्षिक 134.7 मिलिमिटर मात्र बर्षा हुन्छ । महिला 26.0% तथा पुरुष 61.2% साक्षर रहेको यस जिल्लाको कुल साक्षरता 43.7% मात्र छ । यहाँस्थित डोटी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाई हुन्छ ।

2.2 राजनैतिक अवस्थाः

क्र.सं.

स्थानीय तहको नाम

वडा संख्या

केन्द्र

क्षेत्रफल

(वर्ग कि.मी.)

जनसंख्या

कैफियत

  1.  

दिपायल सिलगढी नगरपालिका

9

सिलगढी

162.62

36,038

 

  1.  

शिखर नगरपालिका

11

तलकोट

285.39

31,801

 

  1.  

जोरायल गाउँपालिका

6

सरस्वती नगर

419.09

21,296

 

  1.  

बडिकेदार गाउँपालिका

5

बर्छेन

332.55

16,731

 

  1.  

बोगटान फुड्सिल गाउँपालिका

7

चवराचौतारा

322.00

17,906

 

  1.  

के.आई.सिंह गाउँपालिका

7

दुर्गामाण्डौँ/वायल

127.01

20,903

 

  1.  

सायल गाउँपालिका

6

डौड

122.72

19,575

 

  1.  

आदर्श गाउँपालिका

7

कालिकास्थान

128.47

24,482

 

  1.  

पूर्वीचौकी गाउँपालिका

7

सानागाउँ

117.66

22,489

 

 एउटामात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा निम्नानुसारका २ वटा नगरपालिकाहरू र 7 वटा गाउँपालिकाहरू रहेका छन्:

 

2.3 धार्मिक/सांस्कृतिक अवस्थाः

      यस जिल्लामा अधिकांश जिल्लावासी हिन्दु धर्मावलम्बी छन् । यहाँको धार्मिक संरचना 2068 सालको जनगणनाअनुसार निम्नानुसारको रहेको छः

क्र.सं.

धर्म

प्रतिशत

  1.  

हिन्दु

99.0%

  1.  

बौद्ध

0.75%

  1.  

इसाई

0.13%

  1.  

अन्य (प्रकृति पूजक, किराँतसमेत)

0.12%

 

     

      डोटी राज्यको पुरानो दरवार दिपायलस्थित सेती नदीको किनारमा भग्नावशेषको रुपमा रहेको छ । डोटीमा मनाईने प्रमुख चाडपर्वहरू, ऐतिहासिक महत्वका स्थलहरू तथा मुख्य जात्राहरू निम्नानुसार रहेका छन्:

प्रमुख चाडपर्वहरू

ऐतिहासिक स्थलहरू

मुख्य जात्राहरू

गौरा

शैलेश्वरी मन्दिर (सिलगढी)

सहश्रलिङ्ग (खप्तड)

केदारेश्वर मेला

फाग

मष्टा मन्दिर (सिलगढी)

भिमछेदनसिला (सरस्वतीनगर)

शैलेश्वरी जात्रा

होली

राधाकृष्ण मन्दिर (सिलगढी)

सेती कर्णाली दोभान (कानाचौर)

 

विशु

अशुद्धाला मन्दिर (डौड)

कोटभैरव (दिपायल)

 

 

मालिका मन्दिर (काडामाण्डौ)

दिल्पेश्वर मन्दिर (दिपायल)

 

 

2.4 सामाजिक/आर्थिक अवस्थाः

      राष्ट्रिय जनगणना, 2068 अनुसार यस डोटी जिल्लामा 36 वटा जातजाती र 21 मातृ भाषिहरूको बसोबास रहेको पाईन्छ । यस जिल्लाका प्रमुख जातजातिहरू निम्नानुसार छन्:

क्र.सं.

जातजातिको नाम

प्रतिशत

  1.  

क्षेत्री

57.7%

  1.  

कामी

12.1%

  1.  

ब्राह्मण

8.0%

  1.  

दमाई

4.5%

  1.  

ठकुरी

3.6%

  1.  

मगर

3.4%

  1.  

सार्की

2.3%

  1.  

वादी

1.4%

  1.  

लुहार

1.1%

  1.  

नेवार

0.5%

  1.  

अन्य (गुरुङ, तामाङ राई, आदि)

5.4%

 

 

      बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, फfपर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् । यस जिल्लाको गरिवी 2068 को जनगणनाअनुसार 48.9% रहेको छ ।

3. जिल्ला प्रशासन कार्यालय, डोटीको उद्देश्यः

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन् ।

 


Last Updated : 2083-04-05 17:02:36

© All Rights Reserved to District Administration Office, Doti