Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Doti

Saturday, Ashoj 17, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Office Introduction

१. कार्यालयको परिचय र कार्यक्षेत्र :

१.१ जिल्ला प्रशासन कार्यालय डोटीको पृष्ठभूमि :

कार्यालयको पूर्वइतिहास केलाउँदा १३औँ शताव्दीतिर निरञ्जन मल्लद्धारा स्थापित डोटी राज्य वि.सं. १८४६ मा गोर्खाली फौजसँगको पराजय पश्चात नेपाल राज्यमा गाभिन पुग्यो । केन्द्रबाट प्रशासित हुँदा समेत यस क्षेत्रको मूख्य प्रशासनिक केन्द्रका रुपमा २००७ साल पूर्वसम्म राणाकालीन समयमा पश्चिम कमाण्डिङ जर्नेलद्धारा प्रशासित र २००७ सालपछि मुलुकमा आन्तरिक व्यवस्था सञ्चालनका लागि पहिलो पटक केन्द्रमा गृह मन्त्रालय मातहत गौंडा/गोश्वारा र मूख्य प्रशासकीय अधिकारीको रुपमा बडाहाकिमको व्यवस्था भए बमोजिम डोटी गौँडाको रुपमा परिवर्तित भई परिवर्तित भूमिका अनुरुप कार्य सम्पादन हुँदै आएको थियो ।

२०१७ सालको परिवर्तन र २०१८ सालमा मुलुकलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपश्चात डोटीसेती अञ्चलको छुट्टै जिल्लाको रुपमा रहेको र जिल्ला पञ्चायत कार्यालयको नामबाट सेवा प्रवाह गरेको  पाइन्छ । कार्यालयको मुख्य प्रशासनिक अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था भै हालसम्म कायम छ । २०३७ सालमा जिल्ला कार्यालय र २०४८ सालपछि जिल्ला प्रशासन कार्यालयको नामबाट जिल्लाको सामान्य प्रशासन सञ्चालन गरी आएको छ ।

स्वतन्त्र डोटी राज्य हुँदाको अवस्था देखि पश्चिम कमाण्डिङ जनरलको कार्यालय/तल्लो ढोकाको नामले समेत चिनिनेगरेकोर डोटी गौँडा हुँदै हाल जिल्ला प्रशासन कार्यालयको रुपमा जिल्लाको प्रमुख प्रशासनिक नेतृत्वदायी भूमिकामा रहेको यस कार्यालयले ऐतिहासिक महत्व बोकेको छ । यसक्षेत्रको मूख्य प्रशासनिक भूमिकामा सधैँ आफूलाई अग्रणी सावित गरेको यस कार्यालयले ऐतिहासिक महत्व/गरिमा कायम राख्दै आज पनि आमजनतालाई चुस्त दुरुस्त ढंगले सेवा प्रदान गर्दै आएको छ।

१.२ कार्यालयको प्रकृति :

जिल्ला प्रशासन कार्यालय जिल्ला स्तरमा रहेको संघ अन्तरको मुख्य प्रशासनिक निकाय हो । यस कार्यालयले नेपाल सरकारको प्रतिनिधि निकायका रुपमा रहि जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने, गैर कानूनी कार्य हुन नदिई सुशासनको प्रत्याभूतिका लागि काम गर्ने गर्छ । 

जिल्लामा विकास लगायत जन जीविकाका सवालमा उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण, प्रचलित कानून अनुसार जनताको गुनासो सुन्नेर समाधान गर्ने, चोरी, ठगी नियन्त्रण गर्ने, सार्वजनिक अपराध नियन्त्रण गर्ने कार्य यस कार्यालयले गर्दछ । सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरुमा न्याय निरुपणजस्ता कार्यहरु सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि महत्वपूर्ण कार्यहरु जिल्ला प्रशासन कार्यालयले गर्ने गर्छ । 

यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ ले निर्दिष्ट गरेका गृह प्रशासनका अधिकार क्षेत्र भित्र रहेर काम गर्दै आएको छ । संघ, प्रदेश र स्थानीय तहहरूबीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता र राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाकलापहरूको नियन्त्रण, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक कार्यहरू गर्दै आएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ लागू भै उक्त ऐनको दफा (५)ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था र नेपाल सरकारले त्यस कार्यालयको प्रमुख प्रशासकीय अधिकारीका रुपमा प्रमुख जिल्ला अधिकारी नियुक्त गर्ने व्यवस्था अनुरुप नेपाल सरकारको नीति, निर्देशन तथा रेखदेखमा रहि जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासनका लागि जिम्मेवार प्रशासनिक निकायका रुपमा यस कार्यालयले भूमिका निर्वाह गरि रहेको छ । 

१.३. जिल्ला प्रशासन कार्यालय, डोटीको लक्ष्य:

जनताको माग र आधारभूत आवश्यकता अनुरूप सञ्चालन गरी जिल्लामा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु जिल्ला प्रशासनको लक्ष्य रहेको छ।

१.४ जिल्ला प्रशासन कार्यालय, डोटीको उद्देश्यः

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउधनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण(Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन् ।

२. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार :

  • जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने।
  • गुनासो वा ठाडो उजुरी सुन्ने, आवश्यक कारवाही गर्ने वा सन्बन्धित निकायमा कारवाहीका लागि सिफारिस गरी पठाउने ।
  • जिल्लामा प्रहरी प्रशासनको रेखदेख र नियन्त्रण गर्ने ।
  • अनुचित नाफाखोरी, दैनिक उपभोग्य सामाग्रीको सञ्चय गरी कृत्रिम अभाव सृजना गर्ने लगायतका गैर कानूनी कार्य हुन नदिन नियमित बजार अनुगमन गर्ने, वस्तु तथा सेवाको आपूर्ति सहज तुल्याउने ।
  • जिल्लास्थित कार्यालयहरुको समन्वय तथा अनुगमन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने ।
  • नागरिकलाई सरल, सुलभ तथा व्यवस्थित रुपमा नागरिकता वितरण गर्ने, राहदानी सिफारीस तथा वितरण गर्ने।
  • नावालक परिचय पत्र तथा त्यसको प्रतिलिपि जारी गर्ने।
  • साविकमा जारी भएका नाता प्रमाणितप्रमाण पत्रको प्रतिलिपि उपलव्ध गराउने, नाम,थर,उमेर फरक परेको सिफारीस गर्ने ।
  • तोकिए बमोजिम आदिवासी जनजाती, दलित, द्वन्द पीडित आदि प्रमाणित गर्ने।
  • हातहतियार, खरखजानाको नियमन तथा नियन्त्रण, विस्फोटक पदार्थको नियन्त्रण गर्ने, हात हतियार नवीकरण तथा इजाजत पत्रको प्रतिलिपि उपलव्ध गराउने ।
  • संस्था दर्ता/नवीकरण, संस्थाको विधान संसोधन, जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृती,पत्रपत्रिका दर्ता,छापाखाना सञ्चालन स्वीकृती आदिसम्बन्धी कार्य गर्ने ।
  • अर्धन्यायिक निकायको हैसियतले न्यायसम्पादनको कार्य गर्ने। विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • अन्य निकायलाई नतोकिएका कार्यहरु गर्ने ।

३. कार्यालयबाट प्रदान गरिने सेवाहरूः

  • शान्ति सुरक्षा, ठाडो उजुरी तथा गुनासो सम्बन्धी,
  • नागरिकता तथा राष्ट्रिय परिचय पत्र, 
  • राहदानी सम्बन्धी,
  • बजार अनुगमन सम्बन्धी,
  • संघ/संस्था तथा पत्र पत्रिका र छापाखाना सम्बन्धी,
  • दलित, आदिवासी/जनजाति लगायत अन्य सिफारिस सम्बन्धी,
  • सार्वजनिक सेवा प्रवाहमा समन्वय रेखदेख र नियन्त्रण सम्बन्धी,
  • विपद व्यवस्थापन सम्बन्धी,
  • प्रचलित नेपाल कानून र नेपालसरकारद्वारा तोकिएका अन्य कार्यहरू ।

 

संगठनको संरचना

४. जिल्ला प्रशासन कार्यालयको सांगठनिक संरचना

५. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारीः

  • कार्यालयमा पेश हुन आएका निवेदन/उजुरीको दर्ता गर्ने 
  • निवेदन/उजुरी उपर आदेशका लागि प्र.जि.अ.समक्ष पेश गर्ने ।
  • रित अंग पुगेपछि टिप्पणीका माध्यमबाट प्र.जि.अ. वा प्रत्यायोजित अधिकार बमोजिम स.प्र.जि.अ.ले निर्णय गर्ने ।
  • अर्धन्यायीक निर्णयहरूका हकमा प्र.जि.अ.ले निर्णय गर्ने ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारीः

क्र.सं.निर्णय गर्ने अधिकारीउजुरी सुन्ने अधिकारीकैफियत
१.स.प्र.जि.अ.प्र.जि.अ. 
२.प्र.जि.अ.सचिव, गृह मन्त्रालयअर्ध न्यायिक निकायको हैसियतले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्ने ।

७. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरणः

यस कार्यालयलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले व्यवस्था गर्ने कानूनी प्रावधान रहेको छ। हाल कार्यालयमा कूल २6 स्वीकृत दरबन्दीमध्ये देहाय बमोजिम संख्यामा कर्मचारीहरू कार्यरत रहेका छन् ।

क्र.सं.पदतह/श्रेणीकायम दरबन्दीकार्य विवरणकै
१.प्र.जि.अ.रा.प.प्रथम१जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सामान्य प्रशासन सञ्चालन गर्ने । 
२.स.प्र.जि.अ.रा.प.द्वितीय१प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने । 
३.प्र.अ.रा.प.तृतीय२प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने । 
४.नायव सुब्बारा.प.अनं. प्रथम६फाँट प्रमुख भई सम्बन्धित फाँटले गर्ने काम सम्पादन गर्ने । 
५.लेखापालरा.प.अनं. प्रथम१नियमानुसार लेखासम्बन्धी स्रेस्ता राख्ने, लेखापरीक्षण गराउने । 
६.क. अ.रा.प.अनं. प्रथम२सूचना प्रविधिसंग सम्वन्धित कार्य/दैनिक कारोबारको प्रविष्टि गर्ने । 
७.खरिदाररा.प.अनं. द्वितीय४सम्बन्धित फाँट प्रमुखको मातहतमा रहि तोकिएको कार्य सम्पादन गर्ने । 
८.ह. स. चा.श्रेणी विहिन२सवारी साधन चलाउने । 
९.का. स.श्रेणी विहिन७सरसफाई, चिठीपत्र आदानप्रदान लगायतका कार्यहरू गर्ने । 
जम्मा२६  

 


Per Page
Loading Office Introduction ...
Date Office Introduction Detail Files Action
No Office Introduction Found.
Loading Office Introduction ...
Last Updated : 2083-06-14 10:57:01

© All Rights Reserved to District Administration Office, Doti