Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

मंगलवार, आश्विन १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डोटी जिल्लाको परिचय

डोटी जिल्लाको परिचयः

भौगोलिक अवस्थाः

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । यो जिल्ला 28.52° उत्तरी अक्षांशदेखि 29.28° उत्तरी अक्षांशसम्म तथा 80.30° पूर्वी देशान्तरदेखि, 81.14° पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ७,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ७,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।

समुद्र सतहदेखि 335 मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने 3,295 मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा 44.30°C देखि न्यूनतम तामपक्रम 0.2°C खप्तड क्षेत्रमा हुने गर्दछ ।

चित्रः डोटी जिल्लाको नक्सा

     

 २०७८ को जनगणना अनुसार यहाँ २,०४,८३१ मानिसहरू बसोबास गर्दछन्, जसअनुसार यहाँको जनघनत्व १०१ प्रति वर्ग किलोमिटर हुन आउँछ । औषत वार्षिक 134.7 मिलिमिटर मात्र बर्षा हुन्छ । महिला ६०.९% तथा पुरुष ८२.९% साक्षर रहेको यस जिल्लाको कुल साक्षरता ७०.७% मात्र छ । यहाँस्थित डोटी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाई हुन्छ ।

2.2 राजनैतिक अवस्थाः

क्र.सं.स्थानीय तहको नामवडा संख्याकेन्द्र

क्षेत्रफल

(वर्ग कि.मी.)

जनसंख्या

2078का अनुसार

कैफियत
१दिपायल सिलगढी नगरपालिका9सिलगढी162.6233,968 
२शिखर नगरपालिका11तलकोट285.3930,399 
३जोरायल गाउँपालिका6सरस्वती नगर419.0919,788 
४बडिकेदार गाउँपालिका5बर्छेन332.5514,902 
५बोगटान फुड्सिल गाउँपालिका7चवराचौतारा322.0015,540 
६के.आई.सिंह गाउँपालिका7दुर्गामाण्डौँ/वायल127.0120,736 
७सायल गाउँपालिका6दुदुलेगडा122.7220,456 
८आदर्श गाउँपालिका7कालिकास्थान128.4724,495 
९पूर्वीचौकी गाउँपालिका7सानागाउँ117.6621,494 

 एउटामात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा निम्नानुसारका २ वटा नगरपालिकाहरू र ७ वटा गाउँपालिकाहरू रहेका छन्:

 

2.3 धार्मिक/सांस्कृतिक अवस्थाः

      यस जिल्लामा अधिकांश जिल्लावासी हिन्दु धर्मावलम्बी छन् । यहाँको धार्मिक संरचना 2078 सालको जनगणनाअनुसार निम्नानुसारको रहेको छः

क्र.सं.धर्मप्रतिशत
1हिन्दु99.0%
2बौद्ध0.7%
3इसाई0.1%
4क्रिश्चियत0.1%
5अन्य (प्रकृति पूजक, किराँतसमेत)0.010%

     

      डोटी राज्यको पुरानो दरवार दिपायलस्थित सेती नदीको किनारमा भग्नावशेषको रुपमा रहेको छ । डोटीमा मनाईने प्रमुख चाडपर्वहरू, ऐतिहासिक महत्वका स्थलहरू तथा मुख्य जात्राहरू निम्नानुसार रहेका छन्:

प्रमुख चाडपर्वहरूऐतिहासिक स्थलहरूमुख्य जात्राहरू
गौराशैलेश्वरी मन्दिर (सिलगढी)सहश्रलिङ्ग (खप्तड)केदारेश्वर मेला
फागमष्टा मन्दिर (सिलगढी)भिमछेदनसिला (सरस्वतीनगर)शैलेश्वरी जात्रा
होलीराधाकृष्ण मन्दिर (सिलगढी)सेती कर्णाली दोभान (कानाचौर) 
विशुअशुद्धाला मन्दिर (डौड)कोटभैरव (दिपायल) 
 मालिका मन्दिर (काडामाण्डौ)दिल्पेश्वर मन्दिर (दिपायल) 

 

2.4 सामाजिक/आर्थिक अवस्थाः

      राष्ट्रिय जनगणना, 2078 अनुसार यस डोटी जिल्लामा 32 वटा जातजाती र 36 मातृ भाषिहरूको बसोबास रहेको पाईन्छ । यस जिल्लाका प्रमुख जातजातिहरू निम्नानुसार छन्:

क्र.सं.जातजातिको नामप्रतिशत
  1.  
क्षेत्री59.93%
  1.  
कामी11.67%
  1.  
ब्राह्मण6.78%
  1.  
दमाई7.07%
  1.  
ठकुरी3.50%
  1.  
मगर3.55%
  1.  
सार्की5.37%
  1.  
वादी3.35%
  1.  
लुहार1.1%
  1.  
नेवार0.29%
  1.  
अन्य (गुरुङ, तामाङ राई, आदि)5.4%

 

      बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, फfपर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् । यस जिल्लाको गरिवी 2078को जनगणनाअनुसार 42.81% रहेको छ ।

3. जिल्ला प्रशासन कार्यालय, डोटीको उद्देश्यः

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन् ।

 


पछिल्लो अपडेट गरिएको : 2083-06-12 13:57:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी