Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रो बारेमा 2075-09-10

डोटी  जिल्लाको परिचय:-

    ऐतिहासिक गौंडाको रुपमा रहेको डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली जिल्ला रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्ग किलो मिटर रहेको छ । जस मध्ये कुल खेती योग्य जमिन ३२,२७६ हेक्टर रहेको छ भने १२८९२०.५० हेक्टर वन जंगलले ढाकेको छ । समुद्र सतह भन्दा ६०० मिटर देखी ४००० मिटर सम्म उचाई भएको भएता पनि अधिकांस भु–भाग ६०० मिटर देखी २००० मिटरको उचाईमा अवस्थित छ । राजनैतिक प्रशासनिक हिसाबले यस जिल्लामा २ निर्वाचन क्षेत्र, २ नगरपालिका र ७ गाउपालिका रहेका छन् ।

                यस जिल्लाको दिपायल क्षेत्रमा अधिकतम तापक्रम ४४.०३ डिग्री सेल्सीयस र खप्तड क्षेत्रमा न्यूनतम तापक्रम – ०.२ डिग्री सेल्सीयस सम्म पुग्ने गरेको छ । जिल्लामा वार्षिक औषत वर्षा १३४७ मि.मी. सम्म भएको पाईएको छ । जिल्लामा प्रमुख नदीको रुपमा सेती नदी रहेको छ भने बाह्रै महिना पानी बग्ने खोलाहरुमा साहिंलीगाड, टुनागाड, गण्डीगाड, सलेनीगाड, फुलौटीगाड रहेका छन् । धार्मिक र ऐतिहासिक स्थलहरुको समेत धनी रहेको यस जिल्लामा शैलेश्वरी मन्दिर, कोट भैरव, बडी केदार, भागेश्वर मन्दीर, वासुधारा, सालमुनी, घण्टेश्वर मन्दीर, बेतालमाण्डौ, सहश्रलिङ्ग, अश्वदुला रहेका छन् । धार्मिक, प्राकृतिक, सांस्कृतिक दृष्टिकोणले सुदुरपश्मिकै प्रशिद्ध पर्यटकिय स्थल खप्तड राष्ट्रिय निकुञ्ज डोटी, अछाम, बझाङ र बाजुरा  गरी चार जिल्लाको संगम स्थलमा अवस्थित छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार डोटी जिल्लाको कुल जनसंख्या २,११,८२७ रहेको छ । जसमध्ये महिलाको जनसंख्या १,१४,८२० र पुरुषको जनसंख्या ९७,००७ रहेको छ । यस जिल्लाको जनसंख्या  बृद्धिदर ०.२३ प्रशिशत रहेको छ  ।

                यस जिल्लाबाट रोजगारी र अन्य व्यवसायको लागि पुरुषहरु बढी मात्रामा भारतका विभिन्न शहरहरुमा जाने गर्दछन् भने केही मात्रामा तेस्रो मुलुकमा समेत जाने गरेको पाईन्छ । अधिकांश महिलाहरु कृषि पेशामा नै आश्रित रहेको पाईन्छ । लैङ्गिक हिसाबले महिला तथा बालबालिकाको अवस्था नाजुक रहेको छ । पोषणयुक्त खानाको अभाव, शिक्षा तथा जनचेतनाकोे कमी, बेरोजगारी, सामाजिक अन्धविश्वास र रुढीवादी, लैगिंक हिंसा आदी यस जिल्लाको सामाजिक समस्याको रुपमा रहेको छ ।

जनसंख्या (२०६८ सालको जनगणना अनुसार ):-

  • कुल जनसंख्या:- २११८२७,  महिला:-११४८२०,      पुरुष:-९७००७,  घर संख्या:-३३०९२,
  • घर परिवार संख्या:- ४२४१४, औसत घरपरिवार संख्या:-४.९९, जनघनत्व (प्रतिवर्ग कि.मी.):-१०५,           
  • वार्षिक जनजसंख्या वृद्धिदर:- ०.२३ प्रतिशत, पुरुष महिला अनुपात:- ८४,     नेपालको जनसंख्यामा जिल्लाको अंश:- ०.७९,

कृषि  सम्वन्धी केही महत्वपूर्ण तथ्यांकहरु:-

  • कुल खेतीयोग्य जमिन                             :-  ३२२७६ हेक्टर
  • ड्सिंचित क्षेत्र                                          :- ९४६८.८० हेक्टर
  • असिंचित क्षेत्र                                         :-  १६१७०.५० हेक्टर
  • खेती गरिएको जमिन                               :- २५५०० हेक्टर
  • जिल्लाको लागी आवश्यक खाद्यान्न          :- ४८९३२ मे.टन
  • जिल्लाको उत्पादनबाट उपलब्ध खाद्यान्न   :- ४२३७१ मे.टन
  • जिल्लाको खाद्य सुरक्षा स्थिति                    :- ६५६१ मे.टन (न्यून )   

वनस्पती तथा वन्यजन्तु:-

  • वनस्पती      :- साल, सल्ला, सिसौ, सत्तिस, कटुस र साज ।
  • वन्यजन्तु     :- बाघ, भालु, स्याल, दुम्सी, बँदेल, बाँदर ।
  • चराचुरुङ्गी    :- डाँफे, मुनाल, च्याउरा, कालिज, ढुकुर ।
  • जडिबुटी        :- चिराईतो, दालचिनी, टिम्मुर, बोझो, सुगन्धवाल, अमला, रिठ्ठा, तेजपात, सुनझाडी, चुत्रा, जटामसी, सनुगाभा ।

पर्यटकिय क्षेत्र:-

      डोटी जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुमा  खप्तड राष्ट्रिय निकुञ्ज, त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदारढुङ्गा, हात्तिपाईला क्षेत्र, घोडा दाउने, डाँफेकोट, खप्तड वावा आश्रम, बाघबुट्टे, निगालो, थरीथरीका बुट्टेदार फूलहरु, छतिवन ताल, केदारमेला, लानाकेदारेश्वर, भिम छेदनशिला (सरस्वतीनगर), सेती, कर्णाली दोभान, कानाचौर रहेका छन् ।


फाईलको नाम डोउनलोड
Sarkari_Karyalaya(1).pdf
Sarkari_Karyalaya(2).pdf
Sarkari_Karyalaya(3).pdf

Per Page :
Loading हाम्रो बारेमा ...
मिति हाम्रो बारेमा विवरण फाईलहरु एक्सन
2079-07-22 जिल्ला स्थित कार्यालय प्रमुखहरुको विवरण

2079-07-22
Loading हाम्रो बारेमा ...

पछिल्लो अपडेट गरिएको : 2080-08-12 14:02:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी

Powered By: ProActive Developers