वंशजको आधारमा नागरिकता बनाउन के के कागजात चाहिन्छ ?
- स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची १ मा सिफारिस,
- बाबु, आमा वा ३ पुस्ता भित्रका नातेदारको ना.प्र. प्रतिलिपि,
- विवाह दर्ता वा नाता कायम प्रमाण,
- मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण,
- उमेर खुल्ने प्रमाण (जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र),
- सनाखत गर्ने व्यक्ति र निजको नागरिकता,
- PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
- रु. १० को हुलाक टिकट ।
- जिल्ला प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
नागरिकता प्रतिलिपि लिन के के कागजात चाहिन्छ ?
- स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची ६ मा सिफारिस,
- नागरिकताको सक्कल, झुत्रो वा फोटोकपी,
- २०५८ सालभन्दा अघि नागरिकता लिएका व्यक्तिहरुको हकमा अनुसूची -६ र अनुसूची १ समेत भर्नु पर्ने र नागरिकताको सक्कल नभएमा सनाखत गर्ने व्यक्ति नागरिकता सहित उपस्थित हुनुपर्ने,
- PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
- रु. १३ को हुलाक टिकट ।
- जिल्ला प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
नाबालक परिचयपत्र बनाउन के के कागजात चाहिन्छ ?
- सम्बन्धित वडाअध्यक्षको सिफारिस,
- जन्मदर्ता प्रमाणपत्र,
- बाबुआमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि र सनाखत,
- नाबालकको ४ प्रति फोटो र रु. १० को हुलाक टिकट ।
- जिल्ला प्रशासन कार्यालयमा नाबालक स्वयम् उपस्थित हुनुपर्ने ।
राहदानी बनाउन के के कागजात चाहिन्छ ?
- राहदानी आवेदन फाराम - ३ प्रति,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ र सक्कल नागरिकता,
- राहदानी लिएको भए सो को प्रतिलिपि र सक्कल राहदानी,
- हराएको भए राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन,
- नियमित रुपमा रु. ५०००।- जम्मा गरेको बैंक भौचर
- द्रुत सेवा रु. १०,०००।- राहदानी विभागबाट
- ६ प्रति फोटो ।
- जिल्ला प्रशासन कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने ।
संस्था दर्ता गर्न के के कागजात चाहिन्छ ?
- ढाँचा अनुरुपको निवेदन र प्रस्तावित ४ प्रति विधानमा सबै पदाधिकारीहरुको दस्तखत,
- पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपि,
- सम्बन्धित स्थानीय तहको सिफारिस र तदर्थ समितिले गरेको भेलाको निर्णय,
- प्रहरी प्रतिवेदन ।
- रु. १० को हुलाक टिकट
- राजश्व रु. १,०००।-