Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रायः सोधिने प्रश्नहरु

वंशजको आधारमा नागरिकता बनाउन के के कागजात चाहिन्छ ?

  • स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची १ मा सिफारिस,
  • बाबु, आमा वा ३ पुस्ता भित्रका नातेदारको ना.प्र. प्रतिलिपि,
  • विवाह दर्ता वा नाता कायम प्रमाण,
  • मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण,
  • उमेर खुल्ने प्रमाण (जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र),
  • सनाखत गर्ने व्यक्ति र निजको नागरिकता,
  • PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,  
  • रु. १० को हुलाक टिकट ।
  • जिल्ला प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।

नागरिकता प्रतिलिपि लिन के के कागजात चाहिन्छ ?

  • स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची ६ मा सिफारिस,
  • नागरिकताको सक्कल, झुत्रो वा फोटोकपी,
  • २०५८ सालभन्दा अघि नागरिकता लिएका व्यक्तिहरुको हकमा अनुसूची -६ र अनुसूची १ समेत भर्नु पर्ने र नागरिकताको सक्कल नभएमा सनाखत गर्ने व्यक्ति नागरिकता सहित उपस्थित हुनुपर्ने,
  • PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
  • रु. १३ को हुलाक टिकट ।
  • जिल्ला प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।

नाबालक परिचयपत्र बनाउन के के कागजात चाहिन्छ ?

  • सम्बन्धित वडाअध्यक्षको सिफारिस,
  • जन्मदर्ता प्रमाणपत्र,
  • बाबुआमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि र सनाखत,
  • नाबालकको ४ प्रति फोटो र रु. १० को हुलाक टिकट ।
  • जिल्ला प्रशासन कार्यालयमा नाबालक स्वयम् उपस्थित हुनुपर्ने ।

राहदानी बनाउन के के कागजात चाहिन्छ ?

  • राहदानी आवेदन फाराम - ३ प्रति,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ र सक्कल नागरिकता,
  • राहदानी लिएको भए सो को प्रतिलिपि र सक्कल राहदानी,
  • हराएको भए राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन,
  • नियमित रुपमा रु. ५०००।- जम्मा गरेको बैंक भौचर
  • द्रुत सेवा रु. १०,०००।- राहदानी विभागबाट
  • ६ प्रति फोटो ।
  • जिल्ला प्रशासन कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने ।

संस्था दर्ता गर्न के के कागजात चाहिन्छ ?

  • ढाँचा अनुरुपको निवेदन र प्रस्तावित ४ प्रति विधानमा सबै पदाधिकारीहरुको दस्तखत,
  • पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपि,
  • सम्बन्धित स्थानीय तहको सिफारिस र तदर्थ समितिले गरेको भेलाको निर्णय,
  • प्रहरी प्रतिवेदन ।
  • रु. १० को हुलाक टिकट
  • राजश्व रु. १,०००।-


पछिल्लो अपडेट गरिएको : 2083-03-10 09:16:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .