| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशज नेपाली नागरिकता |
|||||||||||
|
१. अनुसूची १ को फाराममा न.पा. वा गा.पा.को सिफारिस । २. बाबुको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । ३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । ५. शैक्षिक योग्यता प्रमाणपत्र ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः- १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र ४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण |
|||||||||||
| 2 |
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) |
|||||||||||
|
१. अनुसूची ३ को फाराममा सम्वन्धित वडाको सिफारिस । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमणको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण . (यसको नमूना फाराम डाउनलोडमा हेर्नुहोस) ५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र । ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) |
|||||||||||
| 3 |
कर्मचारी परिवारका लागि नागरिकता |
|||||||||||
|
१. अनुसूची १ (वंशज) अथवा अनुसूची ३ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम । २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । ३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र । ४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), ५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत । |
|||||||||||
| 4 |
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||||
|
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी सम्वन्धित वडाबाट सिफारिस भएको । २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ । |
|||||||||||
| 5 |
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र वडा सिफारिस २. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि ३. बाबु र आमाको विवाह दर्ता प्रमाण ४. बाबु र आमासंगको नाता प्रमाण ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस ८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण । |
|||||||||||
| 6 |
मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धी |
|||||||||||
|
१. व्यहोरा खुलेको निवेदन २. सम्वन्धित वडाको फोटो प्रमाणित सिफारिसपत्र ३. नागरिकता/ नाबालक प्रमाण-पत्रको फोटोकपि र फोटो २ प्रति |
|||||||||||
| 7 |
राहदानी |
|||||||||||
|
क) नेपाली नागरिकता प्रमाण पत्रको सक्कल, राष्ट्रिय परिचयपत्र वा परिचयपत्रको नम्वर देखिने कागजात र । ख) नावालकको हकमा नावालक परिचय पत्रको सक्कल र नावालकको आमाबुबाको नागरिकता र विवह दर्ता । ग) पहिले यन्त्रवाचक राहदानी लिएको भए सोको सक्कल । घ) हराएको राहदानीको नम्वर तथा प्रतिलिपि नभएमा विभागबाट विवरण लिई सो देखिने कागजात । ङ) विवाहित महिला निवेदकले पतिको थर कायम गरी राहदानी लिन चाहेमा विवहादर्ता प्रमाण पत्रको सक्कल । च) पतिको नामथर हटाउनु पर्ने भएका सम्वन्ध विच्छेद प्रमाण । छ) शैक्षिक प्रमाण पत्र अनुसार नाम र जन्म मिति कायम गर्नु पर्ने भए सोको सक्कल । |
|||||||||||
| 8 |
नाबालिक परिचयपत्रको आधारमा राहदानी |
|||||||||||
|
क. सक्कल नाबालिक परिचयपत्र । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । ङ. २ प्रति पासपोर्ट साइजको फोटो । च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण । |
|||||||||||
| 9 |
हातहतियार नामसारी सम्बन्धी |
|||||||||||
|
१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज २. हकदार भएमा नाता खुल्ने प्रमाण ३. अनुसूची वमोजमको निवेदन |
|||||||||||
| 10 |
हातहतियार नवीकरण सम्बन्धी |
|||||||||||
|
१. निवेदन २. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण |
|||||||||||
| 11 |
संस्था दर्ता सम्बन्धी |
|||||||||||
|
१. रितपूर्वकको निवेन २. तदर्थ भेलाको निर्णय ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस) ४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ५. जिल्ला विकास समितिको सिफारिसपत्र |
|||||||||||
| 12 |
संस्था नवीकरण |
|||||||||||
|
१. रितपूर्वकको निवेदन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षणको प्रतिवेदन ४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र ५. वार्षिक प्रगति विवरण ६. संस्था दर्ता प्रमाणपत्रको सक्कल ७. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि |
|||||||||||
| 13 |
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
१. रितपूर्वकको निवेदन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण |
|||||||||||